विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेड (PPL) लाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगसँग अनुमति मागेको थियो।
आयोगले फागुन १५ गते कम्पनीलाई सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।





