तत्कालीन सेन्चुरी बैंकका सीईओसहित १० बैङ्कर पक्राउमा अनुत्तरित ५ प्रश्न


  • Himalayan Bank Limited (HBL)
तत्कालीन सेन्चुरी बैंकका सीईओसहित १० बैङ्कर पक्राउमा अनुत्तरित ५ प्रश्न

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले कमधितोमा बढी कर्जा दिएको आरोपमा अनुसन्धानको लागि तत्कालिन सेन्चुरी बैंकका सीइओ सहित दश जना बैंकर पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालको बैंकिंङ  क्षेत्रमा शालीन र इमान्दार मानिने तुलसीराम गौतम मात्रै छैनन्। उनलाई आदर्श मान्ने र हिजो उनीसंगै उनको कमाण्डमा काम गर्ने अरु १० जना अनुशाशित र इमान्दार बैंकर पनि छन्। 

उनीहरुको पक्राउ कुनै नयाँ घटना वा नयाँ उजुरी नभई समस्याग्रस्त अवस्थामा पुगेको देउराली सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईंसंग सम्बन्धित भएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीको भनाई छ। 

यस प्रकरणमा केही यस्ता सवाल छन् , जुन अझै अनुत्तरित छन् ।

Read More