काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) भएको छ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा फाल्गुण १९ गते शनिबार तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं. ५ याम्पाफाँट स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा सम्पन्न सभाले यो निर्णय भएको हो ।
दुवै वित्तीय संस्थाको चल अचल सम्पत्ति, दायित्व तथा कारोवारको मूल्यांकन ड्यू टेलिजेन्स अडिट(DDA) प्रतिवेदन तथा अन्य सम्बद्ध ब्यवस्था समेतको आधारमा संयुक्त मर्जर समितिको सिफारिस गर्ने भएको छ । वित्तीय संस्थाको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम १ः१ (साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता शेयर बराबर सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको एक कित्ता शेयर) हुने गरी शेयर अनुपात कायम हुने छ ।



