काठमाडौँ । लघुवित्तका ऋणीहरू १४ फागुनमा संघीय संसद् भवनमा प्रवेश गरेसँगै सुरक्षा निकायको ‘सूचना संकलन’ गर्ने क्षमता कमजोर देखिएको छ । काठमाडौँको सिफलमा बसिरहेका लघुवित्तका ऋणीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको ‘इन्टेलिजेन्स’लाई छक्क्याउँदै संसद् भवनमा प्रवेश गरेका थिए ।



