नेपाल भित्रने पर्यटक ३३ प्रतिशतले बढे


  • Himalayan Bank Limited (HBL)
नेपाल भित्रने पर्यटक ३३ प्रतिशतले बढे

नेपाल भ्रमणमा आएका पर्यटक ३३ प्रतिशतले बढेका छन् । हवाई मार्ग हुँदै सन् २०२४ को दोस्रो महिना फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार २०२३ फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

फेब्रुअरीमा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन् । भारतबाट २५ हजार ५ सय ७८ जना पर्यटक आएका छन् । यो गत महिनाको २६।३ प्रतिशत हिस्सा हो । चीनबाट ९ हजार १ सय ८० आएका छन् ।

Read More