नेप्सेको ओरालो यात्रा यो साता पनि कायमै, लगानीकर्ताले ५३ अर्बभन्दा बढी गुमाए


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेप्सेको ओरालो यात्रा यो साता पनि कायमै, लगानीकर्ताले ५३ अर्बभन्दा बढी गुमाए

यो साता नेप्से परिसूचकसँगै ठुला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साताको तुलनामा २ दशमलव २० प्रतिशत घटेको छ । कारोबार रकम करीब ६ प्रतिशत घटेको यो साता कारोबार कित्ता १० प्रतिशतभन्दा बढीले घटेको छ । औसत कारोबार रकम करीब २५ प्रतिशत घट्दा औसत कारोबार कित्ता २८ प्रतिशतभन्दा बढीले घटेको छ ।

गत साता चार कारोबार दिनमा १२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ३ करोड ५९ लाख ७४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता पाँच कारोबार दिनमा ११ अर्ब ६१ करोड १३ लाख रुपैयाँभन्दा बढीको ३ करोड २३ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।

Read More