अर्थ मन्त्रालयले रकम निकासा नगर्दा कार्यक्रम सञ्चालनमा ढिलाइ


  • Himalayan Bank Limited (HBL)
अर्थ मन्त्रालयले रकम निकासा नगर्दा कार्यक्रम सञ्चालनमा ढिलाइ

काठमाडौँ । नव प्रवर्तनमा आधारित स्थानीय विकास आर्थिक कार्यक्रममा छनौट भएका १०४ वटा स्थानीय तहमा पठाउनुपर्ने रकम अर्थ मन्त्रालयले डेढ महिनादेखि रोकेको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त कार्यक्रमका लागि स्थानीय तह छनोट गरेर बजेट निकासा गर्न अर्थ मन्त्रालयमा पठाएको थियो ।

‘नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८०’ बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका १०४ वटा स्थानीय तहहरूलाई छनोट गरिएको थियो । 

Read More