सहकारी पीडितले चैत १ गतेबाट फेरि आन्दोलन गर्ने


  • Himalayan Bank Limited (HBL)
सहकारी पीडितले चैत १ गतेबाट फेरि आन्दोलन गर्ने

१८ फागुन, काठमाडौं। सरकारले साउन १८ गते आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडितले चैत १ गतेदेखि फेरि सडक आन्दोलन गर्ने भएका छन् । आफूहरुको बजेत फिर्ता गर्न सरकारसँग ७ बुँदे सहमति गरेको तर, त्यसमा सरकार गम्भीर नभएको उनीहरुको आरोप छ ।

सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले चैत १ गतेदेखि देशभरका सहकारी पीडित उतारेर फेरि सडक आन्दोलन गर्ने तयारी रहेको जानकारी दिए । त्यसका लागि अहिले महासंघले काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा घरदैलो कार्यक्रम पनि गरिरहेको छ ।

Read More