काठमाडौं : विश्वको प्रमुख ‘चिप हब’ बन्ने लक्ष्य राखेको भारतले १५ अर्ब डलरभन्दा बढीको लगानीमा ३ वटा सेमिकन्डक्टर प्लान्ट स्थापना गर्न स्वीकृत प्रदान गरेको छ । भारतसँग पहिले नै चिप डिजाइनमा गहिरो क्षमता रहेको र यी प्लान्टहरुको स्थापनापछि देशले चिप निर्माणमा पनि क्षमता विकास गर्ने बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारले जानकारी गराएको छ ।
यस्तै, भारत सरकारले उन्नत चिप प्याकेजिङ प्रविधिहरु पनि स्वदेशी रुपमै विकास गरिने बताएको सीएनबीसीले उल्लेख गरेको छ । भारतले अमेरिका, ताइवान र दक्षिण कोरियासँगै विश्वको एक प्रमुख ‘चिप हब’ बन्ने महत्वाकांक्षा राख्दै विदेशी कम्पनीहरुलाई भारतमा प्लान्ट स्थापना गर्न अनुरोध गर्दै आएको छ ।



