छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ


  • Himalayan Bank Limited (HBL)
छिमेकी मुलुक भारतको लोभलाग्दो आर्थिक प्रगतिबाट नेपालले सिक्नु पर्ने पाठ

दक्षिणतर्फको छिमेकी मुलुक भारतको आर्थिक प्रगति देखेर नेपालले पनि पाठ सिक्नु पर्ने भएको छ । भारतको गत आर्थिक वर्षमा ८ प्रतिशत भन्दा बढी आर्थिक बृद्धि हुने संकेत देखिएको छ ।

भारतले तेस्रो त्रैमासिकको (डिसेम्वर २०२३) आर्थिक वृद्धि ८.४ प्रतिशत भएको तथ्यांक हिजो बिहीबार मात्र सार्वजनिक गरेको छ । भारतले पहिलो (जुन २०२३) र दोस्रो (सेप्टेम्वर २०२३) त्रैमामसिकको संशोधित आर्थिक वृद्धि क्रमशः ८.२ प्रतिशत र ८.१ प्रतिशत भएको बताएको थियो । तर, अहिले त्यो भन्दा पनि बढी आर्थिक बृद्धि भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

इकोनमिक टायम्सले १५ वटा अर्थशास्त्रीहरुसँग गरेको सर्भे अनुसार तेस्रो त्रैमासिकमा वृद्धि सुस्ताएर औसत ६.६ प्रतिशत (बढीमा ७.२ प्रतिशत र कम्तिमा ६ प्रतिशत) हुने बताइएको थियो । भारतको केन्द्रीय बैंक (आरविआई) ले यस अवधीका लागि आर्थिक वृद्धि ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । तर, ती दुवैले अनुमान गरेभन्दा बढी आर्थिक बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष २०२३/२४ का लागि यस भन्दा अघि ७ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरिएकोमा अहिले वृद्धि ७.६ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । हालका दिनहरुमा सबै किसिमका अनुमान र प्रक्षेपणहरु उछिनिएकोमा आव २०२३/२४ को वास्तविक वृद्धि प्रक्षेपित भन्दा बढी भएमा आश्चर्य नमाने हुन्छ ।

Read More