बजेट निर्माणको तयारी, समितिहरु गठन


  • Himalayan Bank Limited (HBL)
बजेट निर्माणको तयारी, समितिहरु गठन

काठमाडौं– समिति र उपसमिति गठन गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तयारी सुरु भएको छ । बजेट ल्याउन करिब एक साताअघि संसदमा पेश गर्ने बजेटको प्राथमिकता तथा सिद्धान्त यसपटक क्यालेण्डर संशोधन गरी तीन महिनाअघि नै संसदमा पेश गरेर तयारी सुरु गरिएको हो ।

राष्ट्रिय योजना आयोगले १८ खर्ब भित्र रहेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न अर्थ मन्त्रालयलाई यो भन्दा अघिनै सिलिङ दिइसकेको छ । सोही अनुसार अर्थ मन्त्रालयले बजेट तयारीका लागि समिति उपसमिति गठन गरी कर तथा गैरकर सम्बन्धी अध्ययन गर्न थालेको हो । मन्त्रालयले राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरी काम थालनी भइरहेको अर्थ मन्त्रालयका राजस्व महाशाखा प्रमुख रितेश शाक्यले जानकारी दिए ।

Read More