विश्व बैंकको कार्यकारी निर्देशक सम्मिलित बोर्ड बैठकले नेपालका दुई परियोजनामा २६ अर्ब ४० करोड रूपैयाँ (२० करोड अमेरिकी डलर) ऋण लगानी गर्ने भएको छ।
ग्रिन, रेजिलेन्ट एण्ड इन्क्लुसिभ डेभलपमेन्ट (ग्रिड) र प्रादेशिक तथा स्थानीय सडक सञ्जालको विकास तथा मर्मतसम्भारमा सघाउने गरी यस्तो लगानी गरिएको विश्व बैंकले उल्लेख गरेको छ।
विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि आवासीय निर्देशक फेरिस हदाद जभसले भने, 'सेवा र पूर्वाधारको क्षेत्रमार्फत् हाम्रा यी नयाँ परियोजनाहरूले यहाँका मानिसहरूको जीवनस्तर सुधारमा सहयोग पुर्याउनेछ।'



