व्यवसायीको दबाबमा खरिद नियमावली पाँच वर्षमा आठ पटक संशोधन


  • Himalayan Bank Limited (HBL)
व्यवसायीको दबाबमा खरिद नियमावली पाँच वर्षमा आठ पटक संशोधन

काठमाडौँ — व्यवसायीको दबाबमा परेर सरकारले ५ वर्षमा आठौं पटक खरिद नियमावली, २०६४ संशोधन गर्ने निर्णय गरेको छ । म्याद थपलाई सहज बनाएर निर्माण व्यवसायीको रकम भुक्तानी दिन भन्दै सरकारले उनीहरूकै दबाबमा नियमावली संशोधन गर्न लागेको हो ।

निर्माण व्यवसायीहरूको म्याद थप गर्ने गरी मन्त्रिपरिषद्बाट नियमावली संशोधन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । ‘मापदण्ड बनाएर म्याद थपिनेछ,’ उनले भनिन्, ‘जुन कुरा संशोधित नियमावलीमा हुनेछ । म्याद थप नहुँदा निर्माण व्यवसायीको भुक्तानी रोकिएको थियो, म्याद थपपछि भुक्तानी दिन सहज हुनेछ ।’

Read More