प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री प्रकाशशरण महतमाथि गंभिर आरोप लगाएका छन् ।
अर्थमन्त्री महतसँगको बजेट निर्माणको विषयमा विवाद चर्किरहेको चर्चा भैरहेको बेला बिहीबार सिंहदरबारमा उच्च अधिकारीहरु सहभागी सरकारको नीति तथा कार्यक्रम र बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले प्रधानमन्त्री दाहालले आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हाँसिल हुन सकेन ? भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर आफूले नभेटेको बताए ।
नाम नलिए पनि उनको स्पष्ट संकेत अर्थमन्त्री महतमाथि नै थियो भन्ने स्पष्ट छ । प्रधानमन्त्री दाहालले सरकारका योजना तथा कार्यक्रमहरू निर्धारण गर्दा वस्तुगत र वस्तुवादी हुन नसकेको भन्दै उनले मनोगत ढंगबाट लक्ष्यहरू निर्धारण गर्दा परिणाम प्राप्त हुन नसकेको बताउँदै आफैले निर्धारण गरेका लक्ष्यहरु पनि अहिले आएर संशोधन गर्नु पर्ने, घटाउनुपर्ने स्थिति देखापरेको बताएका छन् । उनले माघ मासन्तसम्म सम्पन्न हुनुपर्ने १ हजार ७ सय ६७ वटा माइलस्टोनमध्ये ३६ प्रतिशतमात्रै सम्पन्न हुनु ५१ प्रतिशत चालू अवस्थामा र १४ प्रतिशत त सुरू नै हुन नसकेको अवस्था रहेको प्रधानमन्त्रीले बताए ।



