काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संस्थामा आबद्ध सदस्यहरुको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेष्ट इन्सुरेन्समा १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) आश्विन पराजुलीलाई बिमा पोलिसी हस्तान्तरण गरेका छन् ।



