काठमाडौं । पशुपति रिन्यूएबल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्ताव राखी चैत ७ गते साधारण सभा बोलाएको छ । सभा लिसरा रिसेप्सन्स नक्साल काठमाडौमा दिउँसो २ ः३० बजे शुरु हुनेछ । सभाले आईपीओ निष्कासन गर्ने,कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै कम्पनीले निर्माण गर्ने आयोजनाहरुको लागि कर्जा सुविधा प्राप्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
गत आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरण पारित गर्ने र चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।


_135013.jpeg)
