काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नियुक्त भएका आयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले नियुक्ति बदर माग गर्दैै सर्वाेच्च अदालतमा आज (बिहीबार) रिट दर्ता भएको छ ।
अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संवैधानिक परिषद, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्वय जुद्धबहादुर गुरुङ र विपीनराज निरौलालाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन् । सर्वाेच्चमा दर्ता गरिएको उक्त रिटमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरि पाऊँ भनी माग गरिएको छ ।



