ठेकेदारले भुक्तानी नपाउँदा आयोजना प्रमुख दबाबमा


  • Himalayan Bank Limited (HBL)
ठेकेदारले भुक्तानी नपाउँदा आयोजना प्रमुख दबाबमा

काठमाडौँ — सडक विभागअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवसहितका आयोजनामा रकम भुक्तानीका लागि आयोजना प्रमुखलाई दबाब बढेको छ । काम गरेको भुक्तानी नपाएपछि जिल्लामा रहेका आयोजना तथा डिभिजन सडक कार्यालय प्रमुख तालुक अड्डा सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय धाइरहेका छन् । भुक्तानी माग्दै जिल्लास्थित कार्यालय धाउने निर्माण व्यवसायीले काम नगर्नेसम्मको चेतावनी दिन थालेपछि आयोजना प्रमुख काठमाडौंमै बस्न बाध्य छन् । 

व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्दा ठेक्का भएको खण्डमा पनि छिटो काम सक्न दबाब दिन नसकिएको कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगा सडक योजना कार्यालयका प्रमुख शंकर पौडेलले जनाए ।

Read More