लघुवित्तीय संस्थामाथिको आक्रमण, सरकारसँग लघुवित्तको विकल्प छ ?


  • Himalayan Bank Limited (HBL)
लघुवित्तीय संस्थामाथिको आक्रमण, सरकारसँग लघुवित्तको विकल्प छ ?

केन्द्रीय बैंकका गभर्नरले हालै नेपालका बैंक वित्तीय संस्था सबल छन्, कसैले बैंक डुब्छ भनेर हल्ला गर्दैमा नेपालका बैंक वित्तीय संस्था डुब्ने अवस्था नभएको अभिव्यक्ति दिएर राम्रो काम गरेका छन् । वास्तवमा यस खाले अभिव्यक्ति धेरै पहिले आउनुपथ्र्याे । त्यसको अपेक्षा पनि थियो । खासमा यस्तै खाले अभिव्यक्ति सरकारी पक्षबाट पनि आउनुपर्ने हो । तर, सरकार त कानमा तेल हालेर बस्न थालेको धेरै भयो । किनभने उसलाई वित्तीय क्षेत्र तहसनहसको चिन्ताभन्दा पनि कसरी गठबन्धन बलियो बनाएर सरकार लामो समयसम्म टिकाउने भन्ने ध्याउन्नमा बढी लागेको कुरा त जगजाहेरै छ । लघुवित्तीय प्रणालीमाथि केही तत्त्वले ३ वर्षदेखि आक्रमण गरिरहँदा र आन्दोलनरत रहँदासम्म पनि सरकारका तर्फबाट कुनै आधिकारिक धारणा बाहिर नआउनुले यस्तै अनुमान हुन्छ । तर, ढिलै भए पनि केन्द्रीय बैंकको गभर्नरले बोल्नैपर्ने कुरा आएको छ । यसले पक्कै पनि हालका आन्दोलनरत समूहसमक्ष केही न केही सन्देश पुगेकै हुनुपर्छ । 

Read More