कर्जाको धितोसम्बन्धी प्रहरीको बुझाइमा बैंकहरूको असन्तुष्टि


  • Himalayan Bank Limited (HBL)
कर्जाको धितोसम्बन्धी प्रहरीको बुझाइमा बैंकहरूको असन्तुष्टि

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको धितो सम्बन्धमा प्रहरीको बुझाइमा बैंकहरुले असन्तुष्टि व्यक्त गरेका छन् । धितोभन्दा बढी कर्जा दिएको आरोपमा प्रहरीले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारी पक्राउ गरेको सम्बन्धमा छलफल गर्ने बुधबार आकस्मिक रूपमा बसेको बैंकर्स संघको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

धितोको सम्बन्धमा बैंकको बुझाइबारे जानकारी दिन बुधबार गृह मन्त्रालय, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का पदाधिकारीहरूसँग भेट गर्ने र पछिल्लो घटनाक्रमबारे राष्ट्र बैंक समस्या जानकारी गराउनेबारे पनि बैठकले निर्णय गरेको छ । यी दुई वटा निकायसँग भेटेपछि बुधबार साँझ नै पुनः बैठक बसेर आफ्ना धारणा सार्वजनिक गर्ने निर्णय संघको बैठकले गरेको छ ।

Read More