काठमाडौं । नेपालमा बुक बिल्डिङ विधि लागू भएसँगै यसबाट शेयर निष्कासन तथा विक्री हुने क्रम शुरू भए पनि पहिलो कारोबार मूल्य निर्धारण विधिमा भने अझै अन्योल छ ।
२०६८ सालमा अंकित मूल्यमा शेयर जारी भएको कम्पनीहरूको हकमा सम्बद्ध कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्य रेन्ज पहिलो कारोबारका लागि तोक्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाबमोजिम हाल धितोपत्रको दोस्रो बजारमा सूचीकरणपछिको पहिलो कारोबारको मूल्य रेन्ज तोकिँदै आएको छ । पछिल्लो समय प्रिमियम मूल्य र बुक बिल्डिङ विधिमार्फत शेयर जारी गर्ने कम्पनीको संख्या बढ्न थालेसँगै पहिलो कारोबार मूल्य समयसापेक्ष बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।





