काठमाडौं । पूर्व सञ्चारमन्त्री एवम् एमाले नेता गोकुल बास्कोटा संलग्न ‘७० करोड काण्ड’मा अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ घुस मागेको प्रकरणमा अनुसन्धान थालिएको जानकारी दिएका हुन् ।



