दुधकोसी र माथिल्लो अरूण आयोजनामा लगानी खोज्दै सरकार


  • Himalayan Bank Limited (HBL)
दुधकोसी र माथिल्लो अरूण आयोजनामा लगानी खोज्दै सरकार

दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने तयारीमा सरकार लागेको छ।

नेपाल विद्युत् प्राधिकरणले चालु आवमा ६३५ मेगावाट क्षमताको दुधकोसी जलविद्युत् आयोजना र १०६१ मेगावाट क्षमताको माथिल्लो अरूण जलविद्युत् आयोजना निर्माणको लागि स्रोत जुटाउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको रकम आवश्यक पर्ने जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुधकोसी जलविद्युत् आयोजना र माथिल्लो अरूण जलविद्युत् आयोजनाका लागि करिब चार अर्ब अमेरिकी डलरभन्दा धेरै लगानीको स्रोत आवश्यक पर्ने बताए।

Read More