निर्जीवन बिमा कम्पनीहरुले ७ महिनामा संकलन गरे २२ अर्ब ४६ करोड बिमा शुल्क, कुनको कति ?


  • Himalayan Bank Limited (HBL)
निर्जीवन बिमा कम्पनीहरुले ७ महिनामा संकलन गरे २२ अर्ब ४६ करोड बिमा शुल्क, कुनको कति ?

काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ मसान्तसम्ममा करिब साढे २२ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक अनुसार ३ वटा लघु बिमासहित १७ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

कुल बिमा शुल्कमध्ये ३ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा ७ करोड ५ लाख ६३ हजार रुपैयाँ मात्र रहेको छ । माघ मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरुको जारी बिमालेख संख्या १७ लाख २ हजार ९८७ रहेको छ । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

Read More