रूसले मार्च १ देखि पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने


  • Himalayan Bank Limited (HBL)
रूसले मार्च १ देखि पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने

रूसले मार्च १ देखि पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने भएकाे छ । उपभोक्ता तथा किसानहरूको माग पूरा गर्न र रिफाइनरीहरूको योजनाबद्ध मर्मत सम्भारलाई अनुमति दिन रूसले मार्च १ देखि पेट्रोल निर्यातमा ६ महिनाको प्रतिबन्ध लगाउने घोषणा गरेकाे हाे। 

उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकका एक प्रवक्ताले प्रतिबन्ध लगाउने बारेमा पुष्टि गरेका हुन्।

यसअघि रुसले गत वर्षकाे सेप्टेम्बर र नोभेम्बरको बीचमा उच्च घरेलु दर र अभावलाई सम्बोधन गर्नका लागि यस्तै प्रतिबन्ध लगाएको थियो। साे समयमा केवल बेलारुस, काजाकिस्तान, आर्मेनिया र किर्गिजस्तान चार पूर्व सोभियत राज्यहरूलाई छुट दिइएको थियो।

Read More