काठमाडौँ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको २ अर्ब घोटाला प्रकरणमा पक्राउ परेका तत्कालीन सीईओ तुल्सिराम गौतम र मनौज न्यौपानेसहित १० जनालाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँमा पेश गरिएका उनीहरुलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) उक्त प्रकरणमा बैंकका तत्कालीन सीईओद्वय गौतम र न्यौपानेसहित कर्मचारीहरु दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, राजेश भण्डारी, सविना घिमिरे, अनुपमा श्रेष्ठ प्रधान, सुवास बहादुर श्रेष्ठ र सुनिल बस्नेत र राजेश भण्डारीलाई सीआईबीले पक्राउ गरेको छ ।



