काठमाडौं : आगामी फागुन १६ र १७ गते नेपाल र भारतबीच पराराष्ट्रसचिवस्तरीय छलफल हुने भएको छ।
मन्त्रिपरिष्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्मा फागुन १६ र १७ गते भारतीय विदेशसचिवसँग हुने द्विपक्षीय भेटघाट एवं छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमका उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन्।



