फेरि २ हजार विन्दुमाथि उक्लियो नेप्से, कारोबार रकम भने घट्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेरि २ हजार विन्दुमाथि उक्लियो नेप्से, कारोबार रकम भने घट्यो

मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढेको छ।

यसदिन नेप्से ०.४६ प्रतिशतले बढेर २००१.६४ विन्दुमा बन्द भएको छ। 

नेप्से परिसूचक बढे पनि यसदिन कारोबार रकम भने घटेको छ।

मंगलबारको बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रूपैयाँको सेयर कारोबार भएको थियो।

मंगलबारको तुलनामा आज कारोबार रकममा १५ करोड रूपैयाँ कमी आएको हो।

Read More