काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाखभन्दा बढी ऋण नदिने व्यवस्था कार्यान्वयन गर्न भनेको छ । मंगलबार वित्तिय चेतनाका लागि सुचना जारी गर्दै राष्ट्र बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्र लघुकर्जा दिन भनेको हो ।



