सेयर मूल्यमा आरएसआईबारे जानकारी दिन यहाँ दुईवटा उदाहरण दिइएको छ । एक हो, नेपालको नबिल बैंक । यो बैंकको सेयर मूल्य लामो समयदेखि बियरिस छ । सेयर मूल्य बियरिस भएपछि आरएसआई पनि लामो समयदेखि ओभरसोल्ड जोनमा छ । ओभरसोल्ड जोनमा आएको आरएसआई लामो अवधिसम्म नै ओभरसोल्ड जोनमै रहन्छ भन्ने उदाहरण नबिल बैंकलाई मान्न सकिन्छ । आरएसआई ३० मा आएपछि झन् तल झरेको छ ।
दोस्रो उदाहरण हो, अमेरिकाको सुपरमाइक्रो कम्प्युटर । यसको सेयर मूल्य बढ्दो ट्रेन्डमा छ । आरएसआई ७० हुँदै ९८ मा पनि पुग्यो । आरएसआईको ओभरवट जोन ७० हो । ओभरवट जोनमा पुगेपछि बुलिस बजारमा कसरी आरएसआई ९७ सम्म पुग्छ भन्ने उदाहरण सुपरमाइक्रो कम्प्युटर बनेको छ ।





