अर्थले २ जनाको नाममा अड्डी कस्दा रोकियो ४० सहसचिवको पदस्थापन र सरुवा


  • Himalayan Bank Limited (HBL)
अर्थले २ जनाको नाममा अड्डी कस्दा रोकियो ४० सहसचिवको पदस्थापन र सरुवा

१४ फागुन, काठमाडौं । ६ फागुनको मन्त्रिपरिषद बैठकबाट निर्णय गर्ने गरी ४ फागुनमा ४० जना सहसचिवहरु सरुवा तथा पदस्थापनको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुग्यो । तर, अहिलेसम्म मन्त्रिपरिषदबाट सहसचिवहरुको पदस्थापन र सरुवाको निर्णय भएको छैन । बरु प्रस्तावित सरुवाको सूचीमा अझै थपघट गर्ने क्रम रोकिएको छैन ।

यसले गर्दा उपसचिवबाट बढुवा भएर सहसचिव भएर सामान्य प्रशासन मन्त्रालयमा पहिलोपटक सहसचिवको पदस्थापन कुरिरहेका २९ सहसचिवहरु अन्योलमा परेका छन् । संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा थन्किन बाध्य भएका उनीहरु मन्त्रालयमा नियमित हाजिर लगाएर घर फर्किन्छन् ।

Read More