नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्म जडित क्षमता भएका जलविद्युत आयोजनालाई विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्न बोलाएको छ । प्राधिकरणको विद्युत व्यापार विभागले आवश्यक कागजातहरू र दस्तावेज सहित विभागमा निवेदन पेस गर्न सूचना जारी गरेको हो।
त्यस्तै विभागले विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भइसकेका जलविद्युत आयोजनाहरूको बढीमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि भएको भए त्यस्ता आयोजनालाई पनि पीपीए गर्न बोलाएको हो । यस सगै विद्युत प्राधिकरणको २०८० माघ २४ को संचालक समितिको निर्णय कार्यान्वयनमा गएको छ ।


