दुध बिक्री गरेबापत करिब सात अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसान आन्दोलित भएका छन्। तीन/चार महिना भइसक्दा पनि दुधको रकम नपाएपछि गाईभैंसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै किसान आन्दोलित भएका हुन्।
बक्यौता नपाए उनीहरूले फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा नै गरेका छन्। निजी क्षेत्रका डेरीले करिब ६ अर्ब रुपैयाँ र सरकारी स्वामित्वको दुग्ध विकास संस्था (डिडिसी) ले करिब ९० करोड रकम भुक्तानी नदिएको किसानको गुनासो छ।


