संसद भवनमा नै प्रवेश गरे लघुवित्त ऋणीहरु, सुतेर बिरोध प्रदर्शन


  • Himalayan Bank Limited (HBL)
संसद भवनमा नै प्रवेश गरे लघुवित्त ऋणीहरु, सुतेर बिरोध प्रदर्शन

लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर बिरोध जनाएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमवार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर बिरोध जनाएका थिए ।

Read More