बैंक तथा वित्तीय संस्था फेल हुने सम्भावना छैन : गभर्नर अधिकारी


  • Himalayan Bank Limited (HBL)
बैंक तथा वित्तीय संस्था फेल हुने सम्भावना छैन : गभर्नर अधिकारी

१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्था ‘फेल’ हुने सम्भावना नरहेको बताएका छन् । बैंक फेल गराउन केही समूह लागेकोतर्फ इंगित गर्दै गभर्नर अधिकारीले ‘कुनै बैंकको पछि लागेर फेल गराउँदा सफल नै भइन्छ कि भनेर लागेको जस्तो देखिएको’ पनि आरोप लगाए । कुनै संस्था बिग्रिँदा खुसी हुन खोजेको जस्तो पनि देखिएको उनको भनाइ छ ।

‘केही बैंकले पनि त्यस्तो सोचेको हो कि जस्तो देखिन्छ । बैंक फेल हुनसक्छ,’ नेपाल बैंकर्स संघले सोमबार आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘कैयौँ देशमा भएको छ, तर त्यहाको लिक्विडेसन प्रोसेस र बीमा अलि फरक छ ।’

Read More