पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट विनियोजन गरिने


  • Himalayan Bank Limited (HBL)
पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट विनियोजन गरिने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट विनियोजन गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

उनले भने, ‘बजेट बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित गरिनेछ । चालू खर्चलाई नियन्त्रण गर्दै दोहोरो कार्यक्षेत्र भएका संरचना क्रमशः खारेज गर्दै लगिनेछ । निर्माणाधीन आयोजना सम्पन्न गर्न र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम विनियोजन गरिनेछ । आयोजना वर्गीकरणको आधार तथा मापदण्ड पूरा भई पूर्व तयारी सम्पन्न भएका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ ।’ 

Read More