काठमाडौं– चालु आवमा कर्जाको ब्याजदर घट्दो क्रममा छ । विगतमा कर्जाको ब्याजदर घटाए ऋणको माग बढ्ने विश्लेषण गरिए पनि अहिलेसम्म माग बढ्न सकेको छैन ।
गत आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर बढेर उच्च विन्दुमा पुगेको थियो । सोही पुसमा १०.९१ प्रतिशत बिन्दु पुगेको वाणिज्य बैंकको भारित औसत आधार दर चालु आवको सोही अवधिमा साढे ९ प्रतिशतमा झरेको छ, तैपनि कर्जाको माग बढ्न सकेको छैन । विगतमा कर्जाको ब्याजदर घटाउनुपर्ने भन्दै निजी क्षेत्रले सडक आन्दोलनमै उत्रिएको थियो । तर, अहिले कर्जाको ब्याजदर घट्दै गए पनि माग बढ्न सकेको छैन ।



