दोहोरो कार्यक्षेत्र भएका संघीय संरचना हटाइने, राजस्व बढाउन यी काम गरिने


  • Himalayan Bank Limited (HBL)
दोहोरो कार्यक्षेत्र भएका संघीय संरचना हटाइने, राजस्व बढाउन यी काम गरिने

अर्थमन्त्री प्रकाशशरण महतले दोहोरो कार्यक्षेत्र भएका संघीय संरचनाहरू क्रमश: खारेज गर्दै जाने बताएका छन्।

चालु आर्थिक वर्षको बजेट ल्याउने क्रममा २० वटा निकायमा खारेजको घोषणा गरेका अर्थमन्त्री महतले आगामी वर्षमा पनि निरन्तर यस्ता संस्थाहरूको खारेज गरिने बताएका हुन्। 

'चालु खर्चलाई नियन्त्रण गर्दै दोहोरो कार्यक्षेत्र भएका संरचना क्रमशः खारेज गर्दै लगिनेछ,' आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री महतले भने, 'निर्माणाधीन आयोजना सम्पन्न गर्न र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम विनियोजन गरिनेछ।'

Read More