नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसद आरोप प्रत्यारोपमै सिमित बनेको बताएका छन्।
सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्ष आरोप प्रत्यारोपमा केन्द्रित हुँदा संसदमा गहन विषयमा छलफल हुन नपाएको गुनासो गरे।
उनले अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइ निष्पक्ष अनुसन्धान गर्नुपर्ने टिप्पणी गरे। सहकारी ठग्ने, दुई चार थान नागरिकता राख्नेलाई पनि घर पठाइ अनुसन्धान गर्न जरुरी रहेको उनले बताए।


