नेपाल टेलिकमले देश भित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
फागुन ११ गते नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच त्यसबारे सहमति भएको हो । सहमति पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत विनिता श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट उपमहानिर्देशक जगन्नाथ निरौलाले हस्ताक्षर गरेका थिए ।



