संसदमा पेश भयो आगामी बजेटको सिद्धान्त र प्राथमिकता, २१ गतेदेखि प्रि बजेट छलफल


  • Himalayan Bank Limited (HBL)
संसदमा पेश भयो आगामी बजेटको सिद्धान्त र प्राथमिकता, २१ गतेदेखि प्रि बजेट छलफल

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ। आजको  प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले  "आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका हुन्।

यस अघि बजेट आउनु भन्दा २ साता अगाडी मात्र बजेटका  सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्ने गरिएको थियो। यस पटक भने  बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो । सांसदले दिने सुझावलाई   बजेटमा समेट्नको लागि ३ महिना अगाडी नै सरकारले बजेटका  सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको हो।  १५ चैतभित्र बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने विषय भए सुझाव दिन सकिने व्यवस्था गरिएको छ । 

Read More