सकसमा जीवन बिमा कम्पनी


  • Himalayan Bank Limited (HBL)
सकसमा जीवन बिमा कम्पनी

काठमाडौं : नयाँ बिजनेस नहुँदा जीवन बिमा कम्पनीहरू सकसमा देखिएका छन्। आर्थिक वर्ष २०८०/०८१ को ७ महिना सकिँदासम्म बिमा कम्पनीहरूले गत वर्षको सोही अवधिको बराबर पनि प्रथम बिमा शुल्क उठाउन सकेका छैनन्।

जीवन बिमा पोलिसी जारी गरेपछि बिमितले तिर्ने पहिलो प्रिमियम प्रथम बिमा शुल्क हो। माघ मसान्तसम्मको तथ्यांक केलाउँदा सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले संकलन गरेको प्रथम बिमा शुल्क गत आवको यही अवधिको तुलनामा २.११ प्रतिशतले घटेको छ। उनीहरूले गत आवको माघ मसान्तसम्म १६ अर्ब ४५ करोड ७१ लाख ७० हजार रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा ३४ करोड रुपैयाँ कम अर्थात् १६ अर्ब ११ करोड ६ लाख ४० हजार रुपैयाँ संकलन गरेको देखिन्छ।

Read More