धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया यसै सातादेखि


  • Himalayan Bank Limited (HBL)
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया यसै सातादेखि

काठमाडौं । पुस २० पछि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सिफारिश समितिले यसै सातादेखि काम अघि बढाउने भएको छ । सरकारले बोर्ड अध्यक्ष नियुक्तिका लागि गत माघ ३ गते नै सिफारिश समिति गठन गरेको थियो । माघ ३ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सुझाव समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन् । 

Read More