काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा १८७ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत गरी १८७ जनाविरुद्ध स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले उल्लेख गरेका छन् ।


