यी हुन् विकास खर्च ९५ प्रतिशतभन्दा धेरै गर्ने पालिका


  • Himalayan Bank Limited (HBL)
यी हुन् विकास खर्च ९५ प्रतिशतभन्दा धेरै गर्ने पालिका

गत वर्ष संघीय सरकारले ६१ प्रतिशत पुँजीगत खर्च गर्‍यो। आर्थिक वर्ष २०७९-८० मा तीन खर्ब ८० अर्ब रुपैयाँको पुँजीगत बजेटमा दुई खर्ब ३३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ।

सात वटा प्रदेश सरकारले एक खर्ब ८३ अर्बको पुँजीगत खर्चका लागि विनियोजन गरेको रकममा एक खर्ब २४ अर्ब रुपैयाँ मात्रै खर्च गरेका छन‍्।

विनियोजन गरेको बजेटमा प्रदेश सरकारले ६७ प्रतिशत खर्च गरेका छन्। पुँजीगत बजेट खर्चमा स्थानीय तह प्रदेश र संघभन्दा अब्बल देखिएका छन्। गत वर्ष (आर्थिक वर्ष २०७९-८०) सात सय ५३ पालिकाहरूले ७२ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन्।

Read More