सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिन नै मागभन्दा ३.१२ गुणा बढीको आवेदन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिन नै मागभन्दा ३.१२ गुणा बढीको आवेदन

काठमाडौँ । बहु अपेक्षित सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा ३.१२ गुणा बढीको आवेदन परेको छ।

पहिलो दिन अर्थात् आइतबार साँझ ५ बजेभित्र आइपीओमा ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्याङ्कमा उल्लेख छ ।

सीडीएसका अनुसार १ लाख ५६ हजार २०७ जनाले ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन दिएका छन्। सर्वोत्तम सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आज आइतबार९फागुन १३ गते० कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो।

Read More