काठमाडौँ । मिटरब्याज पीडितहरू सरकारले बोलाएको वार्तामा जाने भएका छन् । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर उनीहरूलाई वार्तामा आउन आग्रह गरेको छ । सोही आधारमा मिटरब्याज पीडितहरू सरकारसँग वार्ता गर्न जान तयार भएका हुन् ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भइरहेको बताए । समितिमा छलफल भएको र वार्ताका लागि टोली गठन गर्ने कार्य भइरहेको उनको भनाइ छ । वार्ता समिति गठन गरेर सरकारसँग वार्ता हुने र त्यसका लागि तयारी भइरहेको बताए ।



