सञ्चालनमा रहेका वाणिज्य बैंकले फागुनको लागि आधार दर सार्वजनिक गरेका छन्। यस्तो विवरण सार्वजनिक गरिसकेका १९ वटै बैंकको आधार दर घटेको छ।
यससँगै बैंकहरूको औसत आधार दर ९.६६ प्रतिशतबाट घटेर ९.४१ प्रतिशतमा सीमित भएको हो।
तीनबाहेक सबै वाणिज्य बैंकको आधार दर १० प्रतिशतभन्दा कम छ। कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंकको आधार दर १० प्रतिशतभन्दा माथि छ।
राष्ट्रिय वाणिज्य बैंकको आधार दर सबैभन्दा कम ७.९२ प्रतिशत छ। कुमारी र प्राइम कमर्सियल बैंकको आधार दर सबैभन्दा धेरै १०.३१ प्रतिशत छ।



