काठमाडौं : जनता समाजवादी पार्टीका सांसद प्रदीप यावदले केयर रेटिङ नेपाल र इक्रा नेपालले गैह्रकानुनीरुपमा कम्पनीको रेटिङ बढाउने गरेको दावी गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले यी दुई एजेन्सीले गैह्रकानुनीरुपले कम्पनीको रेटिङ तोक्दै आएको सूचना आफूले पाएको दावी गर्दै सेयर बजारमा लगानीकर्ताको रकम डुब्ने जोखिम बढ्दै गएको बताए।
जसपाका नेता यादवले केयर रेटिङ नेपाल र इक्रा नेपालले कानुनअनुसार रेटिङ गरेको छ वा छैन भनेर धितोपत्र बोर्डको नियमन कमजोर भएको जिकिर गरे।



