ग्राहकले एउटा खाताबाट अर्कोमा आफ्नो सेयर सार्न सक्ने, उधारो कारोबार रोकिने!


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्राहकले एउटा खाताबाट अर्कोमा आफ्नो सेयर सार्न सक्ने, उधारो कारोबार रोकिने!

अब दुई वटा सेयर खाता (डिम्याट अकाउन्ट) रहेका लगानीकर्ताहरू आफैंले एउटाबाट अर्कोमा सेयर सार्न पाउने भएका छन्।

दुई वटा डिम्याट खाता रहेका लगानीकर्ताहरूलाई सेयर सार्न अहिलेको प्रक्रिया झन्झटिलो भएपछि सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यस्तो प्रणाली अभ्यासमा ल्याउन लागेको हो। 

सेयर खाताको व्यवस्थापन र कारोबारपछि सेयरको राफसाफ प्रक्रिया सिडिएससीको प्रणालीमार्फत् सम्पन्न हुन्छ। 

लगानीकर्ताले बैंकका सहायक कम्पनी मर्चेन्ट बैंकर र सेयर ब्रोकर जहाँबाट पनि डिम्याट खाता खोल्न सक्छन्। एउटै लगानीकर्ताले अहिले दुई वटासम्म डिम्याट खाता खोल्न पाउँछन्। तर सेयर कारोबार गर्ने खाता भने ब्रोकरकहाँ मात्रै खोल्न पाइन्छ। र, एउटा कारोबार खातासँग एउटा मात्रै डिम्याट खाता आबद्ध गरिएको हुन्छ। अर्को खातामा रहेको सेयर त्यही कारोबार खाताबाट गर्न मिल्दैन। यस्तोमा सार्न भौतिक रूपमै प्रक्रिया अगाडि बढाउनुपर्छ।

Read More